Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अख्तियारद्वारा दुई सहसचिवबिरुद्ध भ्रष्टाचार मुद्दा 


    शुक्रबार, फाल्गुन २३ २०७६
    865
    Shares
  • ३ मिनेट पाठ
  • काठमाडौं, २३ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्वसहसचिव डा. नरेशप्रताप केसी र वर्तमान सहसचिव डा. तारा पौडेल कारबाहीमा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले परिवार स्वास्थ्य महाशाखा, आपूर्ति ब्यवस्था महाशाखा प्रमुख समेत रहिसकेका केसीले जनस्वास्थ्य कार्यालय, धादिङका पियन हरिबहादुर हमाल र लेखनदास नारायण श्रेष्ठबिरुद्ध दायर भएको भ्रष्टाचार मुद्दामा जरिवना गर्ने फैसला भएकोमा त्यसको जानकारी पाएर पनि कारबाही नगरेको आरोपमा बिहीार मुद्दा दायर गरेको छ । 

     अदालतको फैसलाको जानकारी प्राप्त गरेपछि पनि कार्यालय सहयोगी हरिबहादुर हमाललाई कारवाही नगरी २०६० साल मंसिरदेखि २०६० साल फागुनसम्मको चार महिनाको १४ हजार ९ सय ८ रुपैयाँ ४० पैसा भुक्तानी गरेको आरोपमा मुद्दा दायर गरेको छ । केसीबिरुद्ध जम्मा १४ हजार ९ सय ८ रुपैयाँ चालीस पैसा नै बिगोदाबी गरी मुद्दा दायर गरिएको छ ।

    साथै, जनस्वास्थ्य कार्यालय धादिङका तत्कालीन बरिष्ठ जनस्वास्थ्य प्रशासक (हाल राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र टेकुमा बरिष्ठ जनस्वास्थ्य प्रशासक) जीवनकुमार मल्लले भ्रष्टाचार कसुर गरेको ठहर भएको जानकारी गराइएको पत्र प्राप्त भएपछि पियन हमालले दिएको राजीनामा स्वीकृत गरी नियमानुसार कर कट्टी गरेर उपचार खर्चबापतको रकम, संचित घरबिदा तथा बिरामी बिदाबापतको रकम गरी रु ७ लाख ६४ हजार ६ सय ४३ रुपैयाँ भुक्तानी दिएका थिए । त्यसैगरी मल्लकै सिफारिसका आधारमा निबृत्तभरणबापतको रकमसमेत हमालले बुझेका थिए । निवृत्तिभरण शीर्षकको जम्मा हुन आउने रु.१४ लाख ७० हजार ३ सय ७९ रुपैयाँ ८० पैसा हमाललाई भुक्तानी भएको देखिंदा मल्लले नेपाल सरकारको रकम हानीनोक्सानी गरेको पुष्टि हुन आएकाले उनीबिरुद्ध पनि मुद्दा दायर गरेको छ ।

    त्यसैगरी एक लाख रुपैयाँ घुस लिँदा लिँदै रंगेहात पक्राउ परेको डा. तारानाथ पौडेल दोषी ठहर भएका छन् । विशेष अदालतले उनलाई दोषी ठहर गर्दै जरिवाना र कैद सजाय सुनाएको छ । 
    विशेष अदालतका न्यायाधीशद्वय बालेन्द्र रुपाखेती र शान्तिसिंह थापाको संयुक्त इजालासले बुधबार पौडेललाई दोषी ठहर गर्दै एक लाख रुपैयाँ जरिवाना र ४ महिना कैद फैसला सुनाएको छ ।

    डा पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्षको मंसिर १६ गते एक लाख घुस सहित पोखरा महानगरपालिका–१० बुद्धचोकबाट पक्राउ गरेको थियो । 
    स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकसमेत भइसकेका पौडेल १५ बर्षदेखि विश्वास गरेका एक कर्मचारीको भर पर्दा अख्तियारको टोलीको रेडह्यान्डमा परेका थिए ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार