Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पशुपतिका ‘बाबा’माथि खुकुरी प्रहार, १२ जना नियन्त्रणमा


    सोमबार, असोज ११ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । पशुपतिनाथ मन्दिर क्षेत्रमा सोमबार बिहान सन्तोष बाबामाथि खुकुरी प्रहार भएकाे छ ।

    महानगरीय प्रहरी कार्यालयका एसपी सुशील राठौरका अनुसार विश्वरुपा मन्दिर नजिकै ३५ वर्षका सन्तोष बाबा शौचालयतर्फ जाँदै गर्दा खुकुरी प्रहार भएकाे हाे ।

    एसपी राठौरका अनुसार एकजना व्यक्ति आएर उनलाई माल निकाल भनेकाे र सन्तोष बाबाले ‘छैन’ भनेपछि ती व्यक्तिले खुकुरी हानेका हुन् ।

    प्रहरीका अनुसार ती व्यक्तिले ‘माल निकाल’ भनेर गाँजा मागेको थाहा भएको छ । खुकुरी प्रहारबाट घाइते भएका सन्तोष बाबाको वीर अस्पतालमा उपचार भइरहेको छ । उनी खतरामुक्त रहेको अस्पताललाई उधृत गर्दै प्रहरीले जनाएको छ ।

    घटनामा संलग्नताको आशंकामा १२ जना पक्राउ परेका छन् । उनीहरु घटनामा संलग्न भएको हो वा होइन भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएकाे छ ।

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार