Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विराटनगरका लागि उडेकाे जहाज अवतरण हुन सकेन, काठमाडौंकाे आकाशमै होल्डीङ


    सोमबार, असोज ११ २०७८
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । बुद्ध एयरको जहाजमा समस्या भएपछि विराटनगर विमानस्थलमा अवतरण गर्न नसकी काठमाडौं फर्किएको छ । 

    आइतबार बिहान विराटनगर गएको ९ एन एएनआई एटिआर जहाज विराटनगर विमानस्थलमा अवतरण हुन लाग्दा समस्या देखिएपछि जहाज काठमाडौं फर्किएको हो । जहाजको ल्याण्डिङ गियरमा समस्या भएको बताइएको छ । 

    त्रिभुवन विमानस्थल स्रोतलेका अनुसार काठमाडौं फर्किएपछि पनि जहाज ल्याण्ड हुन सकेको छैन । अहिले जहाज काठमाडौंकै आकाशमा होल्ड भएको छ ।

    जहाजले फ्युल बर्न गरिरहेको र ल्यान्डिङ गियर भेरिफाई गर्ने काम भइरहेको त्रिभुवन विमानस्थल स्राेतले बताएकाे छ । ल्यान्डिङ गियर एउटा आधा मात्र देखिएको जानकारी गराउँदै स्राेतले भन्याे समस्या भयो भने इमर्जेन्सी ल्यान्डिङ गराउने तयारीमा छौँ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार