Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस महाधिवेशन: भरतपुर महानगरको सभापतिमा चित्रशेन अधिकारी निर्वाचित


    सोमबार, असोज ११ २०७८
    1.8K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन । नेपाली कांग्रेस भरतपुर महानगरको सभापतिमा चित्रशेन अधिकारी विजयी भएका छन्।

     १४ औं महाधिवेशन अन्तर्गत भरतपुर महानगरको सभापतिमा सर्वसम्मतरुपमा नेतृत्व चयन हुन नसकेपछि मतदानबाट अधिकारी विजयी भएका हुन्।

    जसमा अधिकारीले ६४९ मत पाउँदा उनका निकटतम प्रतिद्धन्दी भरत अधिकारीले ५४६ मत प्राप्त गरे । महानगर सभापतिकै अन्य उम्मेदवारहरु हिरामणी अधिकारीले १२९, बचन कार्कीले ७५ तथा अर्जुनप्रसाद रिजालले २६ मत प्राप्त गरेका छन्।

    यसैगरी महानगरको महानगर उप सभापतिमा वुद्धिकान्त न्यौपाने र विजय घले निर्वाचित भएका छन् । न्यौपानेले ६६१ तथा घलेले ५५६ मत पाए । महानगर सचिवमा प्रनिशा गुरुङ विजयी भएकी छन् । 

    त्यस्तै सह सचिवमा उपेन्द्र पण्डित र कल्पना खड्का पौडेल निर्वाचित भए। पण्डितले ५१३ तथा पौडेलले ४२० मत प्राप्त गरे।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार