Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बुद्धभूमि हाइड्रोपावरको आईपीओ आजदेखि विक्री खुला


    सोमबार, असोज ११ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । आजदेखि बुद्धभूमि नेपाल हाइड्रोपावरले सर्वसाधारण लगानीकर्ताहरूका लागि ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सेयर जारी गर्ने भएको छ ।

    कम्पनीले हालैमात्र आयोजना प्रभावित स्थानीय नुवाकोट वासीका लागि चार लाख कित्ता सेयर बाँडफाँड गरेकोमा दोस्रो चरणका लागि सर्वसाधारणमा कुल ८ लाख कित्ता सेयर जारी गर्न लागेको जनाएको छ।

    कम्पनीले कुल ८ लाख कित्ता मध्ये ५ प्रतिशत अर्थात् ४० हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् १६ हजार कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याएर बाँकी रहेको ७ लाख ४४ हजार कित्ता सर्वसाधारणमा जारी गर्ने जनाएको छ ।

    इच्छुक आवेदकले छिटोमा सेयर खुल्ला भएको मितिले चार दिन अर्थात् असोज १४ गतेसम्म र ढिलामा असोज २५ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार