Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ओमानसँग नेपालको लज्जास्पद हार


    सोमबार, असोज ११ २०७८
    805
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । ओमानविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालले लज्जास्पद हार व्यहोरेको छ ।

    आइतबार राति कतारको दोहामा भएको मैत्रीपूर्ण खेलमा नेपाल ओमानसँग ७-२ गोल अन्तरले पराजित भएको हो ।

    ओमानलाई जित दिलाउन अब्दुल्लाजिज अल मुक्बालीले दुई गोल गरे । यस्तै फामी सेद, मोसेन जाहर, इसाम अल सुभी, मोहसेन अल घासनी र जमिल एल यह्मादीले एक एक गोल गरे ।

    नेपालका लागि आयुस घलान र अनन्त तामाङले एक एक गोल फर्काए । कतार युनिभर्सिटीको मैदानमा पहिलो हाफमा २-१ को अग्रता बनाएको ओमानले दोस्रो हाफमा एकतर्फी गोल गरेको थियो ।

    साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले फिफा वरीयतामा ९० स्थानको ओमानसँग मैत्रीपूर्ण खेल खेलेको हो ।  साफको तयारीका लागि नेपाली टिम कतारमा रहेका छन् । नेपाली टिम कतारबाटै साफका लागि माल्दिभ्स जाने छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार