काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको चौंथो संस्करण अन्तर्गत आज (आइतबार) दुई खेलहरु हुँदैछन् ।
त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा विराटनगर वारिवर्स र चितवन टाइगर्स भिड्ने छन् । विराटनगर र चितवनबीचको खेल बिहान ९:३० बजे सुरु हुनेछ।
करण केसीको कप्तानीमा मैदान उत्रने विराटनगर र सोमपाल कामीको कप्तानीमा रहेको चितवन दुवैले प्रतियोगितामा विजयी सुरुवात गर्न चाहन्छन्।
यस्तै, आजै हुने दोस्रो खेलमा भैरहवा ग्लाडीयटर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ ।
भैरहवा र पोखराबीचको खेल दिउँसो १:३० बजे सुरु हुनेछ ।
भैरहवा शरद भेषवाकरको कप्तानीमा मैदान उत्रने छ । चितवनको कप्तानी विनोद भण्डारीले गर्नेछन् ।
यसअघि शनिबार भएको उद्घाटन खेलमा काठमाडौं किङ्स-११ले साविक विजेता ललितपुर प्याट्रीयट्सलाई ७ विकेटले पराजित गरेको थियो ।