Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अर्वपति इलोन मस्कद्वारा पार्टनरसँग आधा छुट्टिएको दाबी


    आइतबार, असोज १० २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । इलोन मस्कले आफ्नी पार्टनर क्यानडेली पप कलाकार ग्राइम्ससँग ‘आधा छुट्टिएका’ बताएका छन्।

    चर्चित कम्पनीहरू स्पेसएक्स र टेस्लाका चर्चित सीईयो मस्कले सेलिब्रिटीहरूको समाचार छाप्ने मिडिया ‘पेज सिक्स’लाई भने, ‘हामीहरू एक अर्कालाई अझै माया गर्छौँ, एकअर्कालाई भेट्ने गर्छौँ र हामीबीच राम्रो सम्बन्ध छ,’ र उनीहरूको कामका कारण उनीहरू लामो समयसम्म छुट्टाछुट्टै बस्छन्।

    ग्राइम्सले भने उनको मस्कसँगको हालको सम्बन्धबारे बोलिसकेकी छैनन्। यो जोडीले सन् २०१८ मा एक अर्कासँग भेट्न थालेको हो र गत वर्ष पहिलो बच्चा जन्माएका थिए जसको नाम X Æ A-12 राखिएको थियो।

    मस्कले आफ्नो बच्चाको देखभाल एक अर्काले मिलेर गर्ने सोचेको बताए। ‘स्पेस एक्स र टेस्लाका कारण म टेक्ससमा बस्नुपर्छ या विदेशमा गइरहनुपर्छ र उनको काम खासगरी लस एन्जलसमा छ,’ मस्कले पेज सिक्सलाई भने ‘अहिले उनी मसँग बसिरहेकी छन् र बेबी एक्स छेउको कोठामा छन्।’

    यो जोडी यो महिनाको शुरूमा एउटा रात्रिभोजमा सँगै देखिएका थिए। ग्राइम्स रातो कार्पेटमा एक्लै हिँडेकी थिइन् तर भित्र पार्टीस्थलमा भने उनका अर्बपति पार्टनर मस्क उनीसँगै थिए।

    मस्कले यस अघि क्यानडेली लेखक जस्टिन विल्सनसँग विवाह गरेका थिए। उनीसँग पाँच छोरा- १७ वर्षका जुम्ल्याहा ग्रिफिन र जेभियर र १५ वर्षका तिम्ल्याहा- डामियन, स्याक्शन र काइ थिए।

    उनले नायिका टलुला रिलेसँग पनि दुईपटक बिहे गरेका थिए। उनीहरूले सन् २०१० मा पहिलोपटक बिहे गरेर २०१२ मा सम्बन्ध विच्छेद गरेका थिए। सन् २०१३ मा फेरि विवाह गरेका उनीहरूले सन् २०१६ मा सम्बन्ध विच्छेद गरेका थिए। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार