Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मर्मस्पर्शी दशैं गीत परदेशमा बस्न मन छैन 


    शनिबार, असोज ९ २०७८
    2.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । दर्जन चलचित्रमा अभिनय गरिसकेका ब्यस्त नायक दिनेश केसी र आशा केसीको स्वर रहेको दशैंको अवसरमा परदेशमा रहने नेपालीलाई सम्बोधन गरेर दशैं गीत सार्वजनिक गरेका छन् । ‘परदेश बस्न मन  छैन’ बोलको म्यूजिक भिडियो युट्युबमार्फत् सार्वजनिक गरिएको हो । 

    अमृत भारतीको शब्द, राजकुमार नेपालीको संगीत रहेको गीतको भिडियोमा विशेषतः चाडपर्वका बेला परदेशमा रहँदा आफ्नो गाउँघर र परिवारको सम्झनालाई मर्मस्पर्शी ढंगबाट भिडियोमा उतार्ने प्रयास गरेको भिडियोका निर्देशक चेतनाथ दंगालले बताए । गीतको भिडियोमा नायक दिनेश केसी, नायिका उषा खनाल, सरिता राजउपाध्याय, पुरुषोत्तम दंगाल लगायतका कलाकारले जिवन्त अभिनय गरेका छन् ।

    गीतको भिडियोलाई मदन काश्यप घिमिरेले खिचेका हुन् भने सम्पादन लिगेश भट्टराईले गरेका हुन् ।  ‘परदेशमा रहने नेपालीले दशैं, तिहारमा घरपरिवारलाई कसरी सम्झिन्छन्, गीतमार्फत मैले त्यही भाव प्रस्तुत गर्ने जमर्को गरेको हुँ, आशा छ गीतले दर्शक, स्रोताकोे मन छुनेछ ।’ गायक केसीले भने । 

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार