Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज थपिए ९५३ जना कोरोना संक्रमित, ६ जनाको मृत्यु


    शनिबार, असोज ९ २०७८
    680
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ९५३ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  १० हजार ५७९ जनामा कोरोना परीक्षण गर्दा ९५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    मन्त्रालयका अनुसार  पिसिआर विधिबाट ७ हजार ५० जना र एन्टिजेनबाट ३५२९ जनाको परीक्षण भएको छ। त्यस्तै, एक हजार ३७१ संक्रमित निको भएका छन्।
    संक्रमणबाट पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ। अहिलेसम्म कोरोनाको संक्रमणबाट नेपालमा ११ हजार ८७ जनाको मृत्यु भएको छ।
    हाल १९ हजार ७०० सक्रिय संक्रमित छन्। आज काठमाडौं उपत्यकामा थप ३११ कोरोना संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंका १९८ , ललितपुरका ७३ र भक्तपुरमा ४० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार