Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चाडवाड नजिकिएसँगै चोरीका घटना बढ्दै, हिजो राती धापाखेलको न्यूशुभतारा स्टोरबाट ४ लाखको सामान चोरी


    शनिबार, असोज ९ २०७८
    620
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • ललितपुर । ललितपुर महानगरपालिकाको धापाखेल स्थित न्युशुभतारा स्टोरमा हिजो राती चोरी भएको छ । गतराति अन्दाजि  २१: ३९  बजे ललितपुर महानगरपालिका -२४ तिनकुनेमा रहेको सुन्दरकाजी श्रेष्ठको  तिनतलले घरको भइँतलामा रहेको न्युशुभतारा स्टोरमा  चोरी भएको हो ।
    न्युशुभतारा स्टोरबाट अन्दाजी ४ लाख बराबरको सामान चारी भएको न्युशुभतारा स्टोरका सञ्चालक सुन्दरकाजी श्रेष्ठले बताएका छन् ।

    राती सबैजना सुतेको समयमा चोरी भएकोले बिहान पसल खोल्नको जाँदामात्र चोरी भएको थाहा भएको  सञ्चालक श्रेष्ठले बताएका छन् । पसल चोरी भएको थाहा पाउनासाथ बिहान ६:३० प्रहरीलाई खबर गरेको श्रेष्ठले बताएका छन् । यस्तो छ हराएका सामानहरुको बिबरण 

     रिचार्जकार्ड  अन्दाजी  ५५००० बराबरको 
    नगद     ३००००० 
    अरु जिन्सी सामान
    चुरोट  २०००० को 
    मदिरा १०००० को 

    यो हो प्रहरीले घटना स्थल निरिक्षणपछि तयार पारेको क्षतिको  बिबरण 

    report.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार