काठमाडौं । १० बुँदे सहमति कार्यान्वयन नभएपछि नेकपा (एमाले) तेस्रो धारका नेताहरु आक्रोशित बनेका छन् । शुक्रबारदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठकमा १० बुँदे सहमति इमान्दारितापूर्वक कार्यान्वयन नभएको भन्दै उनीहरुले अध्यक्ष केपी शर्मा ओलीसमक्ष आक्रोश पोखेका हुन् ।
शुक्रबारदेखि शुरु भएको केन्द्रीय कमिटीको बैठकमा एमाले उपाध्यक्ष रावलले १० बुँदे कार्यान्वयन नगर्ने भए खारेज गरेको घोषणा गर्न समेत चुनौती दिएका थिए । बैठकको सुरुवातमै एमाले केन्द्रीय कमिटी सदस्य झपट रावल, भानुभक्त जोशीसहितका नेताहरुले १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जाहेर गरेका थिए ।
त्यसपछि उपाध्यक्ष रावलले बैठकमा आफ्नो धारण राख्दै आक्रोश व्यक्त गरे । रावलको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘१० बुँदे सहमति इमान्दारपूर्वक कार्यान्वयन र जेठ २ अघिको संगठनात्मक संरचना कायम होस् । यदि १० बुँदे कार्यान्वयन नगर्ने हो भने खारेज भयो भनेर घोषणा गर्नस्, सक्नुहुन्छ रु’
अध्यक्ष ओलीले भने स्थायी कमिटीको बैठकबाट टुंगो लगाउने आश्वासन दिएर टारेका थिए । उनले बैठकका एजेण्डा विधान महाधिवेशनसँग सम्बन्धित भएकाले त्यसैमा केन्द्रित हुनुपर्ने बताए । ओलीको भनाइ उदृधत गर्दै एक नेताले भने ‘यो बैठकका एजेण्डा फरक छन् । विधान महाधिवेशनसँग सम्बन्धित एजेण्डा भएकाले यसैमा केन्द्रित रहेर मात्रै छलफल हुन्छ, तपाईंहरुको माग यो बैठकको एजेण्डा होइन ।’
एमाले विभाजन हुँदा नेता रावलसँगै अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य सुरेन्द्र पाण्डे र रघुजी पन्तले तेस्रो धार नामको समूह बनाएर १० बुँदे सहमतिको आधारमा एमालेमै रहने निर्णय गरेका थिए । तर, उनीहरुले अहिलेसम्म केही जिम्मेवारी पाएका छैनन् ।
एमाले विभाजन नहुँदै आन्तरिक द्वन्द्व समाधान गर्न बनेको कार्यदलले पार्टी एकताका लागि १० बुँदे प्रस्ताव तयार पारेको थियो । तर, उक्त प्रस्ताव कार्यान्वयन नभएको भन्दै एमालेको झगडा चर्किँदै गएको छ । उक्त प्रस्ताव कार्यान्वयन हुँदा एमाले २ जेठ २०७५ पुग्नुपर्ने हुन्छ ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend