Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेतृत्वलाई गगनको प्रश्न: कहिल्यै विधिमा चल्नुनपर्ने ?


    शुक्रबार, असोज ८ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले महाधिवेशन अनिश्चित बन्दै गएकोमा असन्तुष्ट जनाएका छन् ।

    शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत नेता थापाले अब पार्टी पुनर्निर्माण गर्नुपर्ने बताउँदै कहिलेसम्म यस्तो बेहालमा पार्टी चलाइरहने भनेर प्रश्न समेत गरेका छन् ।

    पार्टीको अधिवेशनको मिति सर्ने कुरा उठेको बिषयलाई लिएर थापाले नेतृत्वमा बस्नेले कहिल्यै विधिमा चल्नुनपर्ने, बेथितिको जिम्मा लिनैनपर्ने जस्तो अवस्था अब अन्त्य हुनुपर्ने बताएका छन् । 

    उजले लेखेका छन् – ‘कति सजिलै सर्छ अधिवेशनको मिति१ १३ जिल्लाको वडा अधिवेशनकै टुंगो छैन।कहिल्यै विधिमा चल्नु नपर्ने,थितिमा वस्नु नपर्ने,वेथितिको जिम्मा लिनै नपर्ने। बस नेताले आदेश दिए पुग्ने, कार्यकर्ता आदेश कुरेर बस्नुपर्ने ! अब नि यस्तो बेहालमा पार्टी चलाइरहने कि बदल्ने ?सोचौं। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार