Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • गाउँको पुल तथा नाकाको निगरानीका लागि शिक्षक परिचालित


    शुक्रबार, जेष्ठ १६ २०७७
    855
    Shares
  • २ मिनेट पाठ
  • गोरखा, १६ जेठ। गोरखाका शिक्षकलाई गाउँको पुल तथा नाकाको निगरानीका लागि परिचालन गरेको छ । गण्डकी गाउँपालिकाले पुल तथा नाकाहरुमा शिक्षकलाई परिचालन गर्ने निर्णय गरेको हो ।गाउँ कार्यपालिकाको जेठ १० गते बसेको बैठकले उक्त निर्णय गरेको हो।

    ‘‘कोभिड रोकथामका लागि अन्य शिक्षकहरुको भूमिका महसुस गरी उहाँहरुलाई आवश्यकताअनुसार गाउँपालिकाको पुल तथा नाकाहरुमा परिचालन गर्ने निर्णय गरेकाले सोही बमोजिम गर्नुहुन सबै प्रधानाध्यापक एवं शिक्षकहरुलाई निर्देशन गरिन्छ’ अध्यक्ष होमबहादुर रानाले जेठ १० गते सामुदायिक विद्यालयका शिक्षकहरुलाई लेखेको पत्रमा भनिएको छ ।

    गाउँ कार्यपालिकाको निर्णयअनुसार वडा नम्बर १ वडा कार्यालयले मकैसिं बुट्टारको झोलुंगे पुलको निगरानीका लागि दिनमा २ जना शिक्षक परिचालन गर्न थालेको छ ।

    शुक्रबारदेखि दैनिक २ जना शिक्षक परिचालन गर्न थालेको वडाध्यक्ष गिरबहादुर गुरुङले जानकारी दिए । ‘पुलमा एक जना स्वास्थ्यकर्मी, दुई जना शिक्षक र दुई जना स्थानीय युवा गरी दैनिक ५ जना परिचालन गरेका छौं’ उनले भने ‘शिक्षकहरुले अहिले अरु सेवा दिनु नपरेकाले गाउँ कार्यपालिकाको निर्णय अनुसार पुलमा खटाएका हौं ।’

    निगरानीमा खटिने शिक्षकहरुले अति आवश्यक कामले आउने मान्छेलाई मात्र गाउँ प्रवेश गर्न दिने, अरु मान्छेलाई रोक्ने, विदेशबाट आउनेलाई गाउँपालिकाले बनाएको क्वारेन्टिनमा राख्ने काम गर्ने गर्छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार