काठमाडौँ । चर्चित उद्योगपति वसन्त चौधरीलाई हृदयघात भएको छ । उनलाई शुक्रबार हृदयघात भएपछि दुबईस्थित एक अमेरिकी अस्पतालमा मुटुको शल्यक्रिया गर्ने तयारी गरिएको छ ।
घुमघामको लागि दुबई पुगेका चौधरीलाई स्वास्थ्यमा समस्या भएपछि परिक्षण गराइएको थियो । उनलाई एन्जियोग्राफी गर्दा मुटुमा समस्या देखिएको थियो ।
शुक्रबार अचानक हृदयघात भएपछि उनलाई दुबईस्थित अमेरिकन अस्पातालमा भर्ना गरिएको जनाइएको छ । उनलाई ओपन हार्ट सर्जरी गर्नुपर्ने बताइएको छ । उनी परिवारसहित तीन दिन अघि दुबई भ्रमणमा गएका थिए ।