काठमाडौं । नारायणहिटी दरबार संग्राहलयमा प्रदर्शनमा राखिएको पूर्वराजाको श्रीपेच चोर्ने खाेज्ने एक युवक पक्राउ परेका छन् ।
शुक्रबार दरबार संग्राहलयमा अवलकोनमा गएका खिमबहादुर घर्तीले श्रीपेच रहेकै कोठाबाट खुकुरी निकालेर सिसा फुृटाउन प्रयास गरेपछि सुरक्षामा खटिएका सेनाले उनलाई नियन्त्रणमा लिएको दरबार संग्राहलाय व्यवस्थापन समिति स्राेतले जानकारी दिएकाे छ ।
रुकुम घर भएका घर्तीले कोठाभित्र सोकेसमा राखिएको खुकुरी झिकेर श्रीपेच निकाल्न प्रयास गरेपनि श्रीपेच बुलेट प्रुफ सिसाभित्र भएकाले सुरक्षित रहेकाे स्राेतले बतायाे ।
यसबारे अनुसन्धान शुरु भएको संग्राहलयले बताएको छ ।