Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रेमिकालाई भेट्न जर्मनबाट नेपाल आएका डेविड ठमेलमा मृत भेटिए


    शुक्रबार, असोज ८ २०७८
    600
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । ठमेलस्थित विहानी होटलमा एक जना जर्मनका नागरिक मृत फेला परेका छन् ।

    तीन महिना देखि सो होटलमा बस्दै आएका जर्मनी नागरिक डेभिड मिट ज्याकट होटलको कोठाभित्र  गएराति मृत फेला परेको प्रहरीले जनाएको छ । 

    प्रहरीका अनुसार उनी पर्यटक भिसामा नेपाली प्रेमिकालाई भेट्न नेपाल आएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
    अहिले शव पोष्टमार्टम गर्न त्रिवि शिक्षण अस्पताल लगेको र रिपोर्ट आएपछि घट्नाबारे थप बताउन सकिने प्रहरीको भनाइ छ ।

    सोधपुछका लागि तीन जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार