Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अमानवीय रूपमा हाइटीका आप्रवासीलाई फिर्ता गरिएपछि अमेरिकी दूतद्वारा आकस्मिक राजीनामा


    शुक्रबार, असोज ८ २०७८
    550
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी। हाइटीका लागि अमेरिकी विषेश दूतले बिहीबार आकस्मिकरूपमा राजीनामा दिएका छन् । नियुक्ति भएर जिम्मेवारी सम्हालेको दुई महिनामै विषेश दूत डानियल फुटले राजीनामा दिएका हुन्  । 

    अमेरिका र मेक्सिकोको सिमा क्षेत्रमा हाइटीबाट आएकाहरूको विषयमा भएको विवादका कारण उनले राजीनामा दिएको बताइएको छ ।

    उनले भने, ‘हाइटीका हजारौँ शरणार्थी तथा अवैध आप्रवासीलाई अमेरिकाबाट हाइटी पठाउन खोजिएको छ । वाइडेन प्रशासनको सो निर्णयलाई मैले अमेरिकी प्रतिनिधिको रुपमा सहजीकरण गर्न सकिन ।’ उनले विदेश मन्त्रीलाई पठाएको राजीनामा पत्रमा हाइटीमा आफ्नो ज्यान जोगाउन पनि कठिन रहेको उल्लेख गरेका छन्। 

    अमेरिकाको सो निर्णयले हाइटीका जनतालाई आक्रोशित बनाएकाले उनीहरूले कुटनीतिक मर्यादा भूलेर आफुमाथि आक्रमण गर्न सक्ने उनले चिन्ता व्यक्त गरेका छन्। 

    उनको पत्रमा लेखिएको छ, ‘आप्रवासी तथा शरणार्थीहरुमा बस्ने शिविर, खाद्य पदार्थ, पैसालगायत अत्यावश्यक चीजको नै अभाव रहेको छ, त्यसैले उनीहरूमा आधारभूत सेवाको सङ्कट छ ।’

    कतिपय शरणार्थीहरू मानसिक समस्यामा रहेको र कतिपयले आपराधिक क्रियाकलाप गर्ने अवस्था रहेको पनि उनले उल्लेख गरेका छन। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार