Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ठेकेदार सम्पर्कविहीन बनेपछि सडक अलपत्र


    शुक्रबार, असोज ८ २०७८
    950
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • म्याग्दी । बेनी–दरबाङ सडक आयोजनाको तेस्रो प्याकेजका ठेकेदार सम्पर्कविहीन बनेपछि काम अलपत्र परेको छ। गत वैशाखमा कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि जारी निषेधाज्ञापछि रोकिएको सडक निर्माणको काम अझै सुरु भएको छैन।

    मङ्गला गाउँपालिकाको लाम्पाटादेखि मालिकाको केन्द्र दरबाङसम्मको सडक निर्माणको जिम्मेवारी बिरुवा–क्याराभान जेभीले लिएको थियो।

    निर्माण कम्पनीका प्रतिनिधि र सहायक ठेकेदार काम छाडेर सम्पर्कविहीन बनेपछि आयोजना अलपत्र पर्नाका साथै नागरिकलाई सास्ती भएको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए। 

    लाम्पाटाबाट दरवाङसम्म आठ किलोमिटर खण्डसडक कालोपत्र गर्न २२ करोड ५७ लाख ९३२ रुपैयाँमा विसं २०७६ जेठ ३१ गते बिरुवा–क्याराभान जेभीले ठेक्का लिएको थियो। उसले हालसम्म ५० प्रतिशत निर्माण सकेको पूर्वाधार विकास कार्यालयले जनाएको छ। 

    मङ्गला गाउँपालिकाको सिमबाट लाम्पाटासम्मको साढे दुई किलोमिटर सडक स्तरोन्नतिका लागि ठेक्का सम्झौताको तयारी गरेको कार्यालयले जनाएको छ।

    मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक तीन प्याकेजमा स्तरोन्नति भइरहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार