काठमाडौं । इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा कोलकत्ता नाइट राइडर्स मुम्बई इण्डियनलाई पराजित गर्दै अंकतालिकाको शीर्ष चारमा उक्लिएको छ।
बिहीबार राति आबुधाबीमा भएको खेलमा कोलकत्ताले साविक विजेता मुम्बईलाई ७ विकेटले पराजित गरेको हो।

१ सय ५६ रनको लक्ष्य पच्छ्याएको कोलकत्ताले १५ ओभर १ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो ।
कोलकत्ताको जितमा राहुल त्रिपाठीले अविजित रहदै ७४ रनको सानदार पारी खेले भने भेन्कातेश आयरले ५३ रनको अर्धशतकीय इनिङ्स खेले ।
मुम्बईका जस्प्रित बुम्राहले ३ विकेट लिए ।
undefined
यसअघि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५५ रन बनाएको थियो ।
मुम्बईका लागि क्विन्टन डी ककले ५५, कप्तान रोहित शर्मा ३३ र केइरन पोलार्डले २१ रन जोडे भने अन्यले खासै उत्कृष्ट प्रदर्शन गर्न सकेनन्।
कोलकत्ताका लकी फेर्गुसन र प्रसिद्द कृष्णले २/२ विकेट लिए ।
यस जितसँगै कोलकत्ताले ९ खेलमा ८ अंक जोड्दै अंकतालिकाको चौंथो स्थानमा उक्लिएको छ । पराजित मुम्बई भने छैटौं स्थानमा झरेको छ।
undefined