Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सशस्त्रका डीआईजीहरुको सरुवा, हेर्नुहोस् को-कहाँ पुगे ? (सूचीसहित)


    शुक्रबार, असोज ८ २०७८
    875
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरीका डीआईजीहरुको सरुवा गरेको छ। 

    बिहीबार साँझ गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रिस्तरिय निर्णय गर्दै डीआईजीहरुको सरुवा गरेका हुन्। 

    मन्त्रालयका अनुसार सरुवा हुने डीआईजीहरु राजु अर्याल सशस्त्र प्रहरी मुख्यालय, प्रदेश १मा कमल गिरी, प्रदेश दुईमा गणेश ठाडा मगर, बागमतीमा किशोर प्रधान, गण्डकी प्रदेशमा शम्भु सुवेदी, लुम्बिनी प्रदेशमा कुलबहादुर नेम्वाङ, सुदूरपश्चिम प्रदेशमा दुर्गा भट्टराई र वंशि दाहाल ९ नम्बर बाहिनी रहेका छन् ।

    यस्तै, सचिवालयमा मन्दीप श्रेष्ठको सरुवा भएको छ भने डीआईजी अभिकुमार खत्रीलाई सुर्खेतमै राखिको छ । डीआईजीहरु नारायणदत्त पौडेल र सिपी गौतमको सशस्त्र प्रहरी मुख्यालयमा सरुवा भएको मन्त्रालयले जनाएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार