Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रहरीद्वारा १ सय ७५ किलो गाँजा बरामद, दुई जना पक्राउ


    बिहिबार, असोज ७ २०७८
    940
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बीरगञ्ज । गाँजालाई लागूऔषधका रुपमा प्रतिबन्ध गरिनु नहुने बिषयमा बहस भइरहेको बेला प्रहरीले भने ठाउँ ठाउँबाट बरामद गरिरहेको छ । यसैक्रममा मकवानपुरबाट बिहीबार प्रहरीले  अवैध लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थाना भ¥याङबाट प्रहरीको टोलीले ट्रकबाट १७५ किलो लागुऔषध गाँजा बरामद गरेको हो । 

    गाँजासहित भिमफेदी गाउँपालिका– ९ बस्ने वर्ष ३१ का मोहन स्याङतान र सोही ट्रकमा सवार थाहा नगरपालिका–३ बस्ने वर्ष २४ को प्रशान्त कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । ना ३ ख ५९५० नम्बरको ट्रक जाँच गर्दा १७५ किलो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । लागुऔषध गाँजा, ट्रकसहित नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार