काठमाडौं । आर्थिक बर्ष २०७७–७८ को बजेट समग्रमा सकारात्मक रहे पनि शिक्षामा घोषणा गरेको बजेट व्यवस्था मौलिक हकलाई चुनौती दिने किसिमको देखिएको अनेरास्ववियूका नेता सुदेश पराजुलीले बताएका छन् । उनले भने–‘बजेटले नागरिकको मौलिक हकलाई चुनौती दिएको छ । पराुलीले भने–हाम्रो संविधानले स्पष्ट किटान गरेको छ, शिक्षा मौलिक हक हो । यसको कार्यान्वयन गर्ने किसिमले बजेटमा जोड दिनुपर्दछ । शिक्षा राज्यको दायित्व हो । शैक्षिक सस्था खोल्ने र रातरात धनी हुने, शिक्षाको व्यापारबाट अपार हुनेहरुलाई नियन्त्रण गर्नैपर्दछ ।’
यस्तो छ संविधानमा ब्यवस्था
१. प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक हुनेछ ।
२. प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुनेछ ।
३. अपाङ्गता भएका र आर्थिक रूपले विपन्न नागरिकलाई कानुन बमोजिम निःशुल्क उच्च शिक्षा पाउने हक हुनेछ ।
बजेटमा एक निजी विद्यालयलाई एक सामुदायिक विद्यालय सुधारको जिम्मेवारी दिने घोषणा गरिएको छ । पराजुलीको प्रश्न छ– यो घोषणा हाम्रो संविधानले निर्देश गरेको कुरासँग कहाँ मेल खान्छ ? के राज्य शिक्षाको दायित्वबाट बाहिर जान खोजेको हो ? बजेटमा उल्लेख यो बुँदाको सन्देश राज्य शिक्षाको दायित्वबाट भाग्न खोजेको हो भन्ने नै हुन्छ ।
बजेटले मौलिक हकलाई स्थापित गर्न बढी जोड दिनु पर्दछ । सरकार शिक्षाको जिम्मेवारीबाट भाग्न खोजेको हो र ? केही निजी शैक्षिक संस्था संचालकहरुलाई कालो धनको व्यापार गर्ने बैधानिक लाइसेन्स दिने काम बजेट मार्फत् किमार्थ स्वीकार छैन । यो गर्नुहँुदैन, यो कम्युनिस्ट पार्टीको सरकार हो । समग्र बजेटको आकार घटे पनि शिक्षामा बजेट बढेको छ । शिक्षामा कुल बजेटको ११.६४ प्रतिशत छुट्याइएको छ । यसलाई केही सकारात्मक रुपमा लिन सकिएला तर अनेरास्ववियूले निरन्तर भन्दै आएको कुल बजेटको २० प्रतिशत कहिले पुग्ला ? नेता पराजुलीको प्रश्न छ ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend