काठमाडौं । आर्थिक बर्ष २०७७–७८ को बजेट समग्रमा सकारात्मक रहे पनि शिक्षामा घोषणा गरेको बजेट व्यवस्था मौलिक हकलाई चुनौती दिने किसिमको देखिएको अनेरास्ववियूका नेता सुदेश पराजुलीले बताएका छन् । उनले भने–‘बजेटले नागरिकको मौलिक हकलाई चुनौती दिएको छ । पराुलीले भने–हाम्रो संविधानले स्पष्ट किटान गरेको छ, शिक्षा मौलिक हक हो । यसको कार्यान्वयन गर्ने किसिमले बजेटमा जोड दिनुपर्दछ । शिक्षा राज्यको दायित्व हो । शैक्षिक सस्था खोल्ने र रातरात धनी हुने, शिक्षाको व्यापारबाट अपार हुनेहरुलाई नियन्त्रण गर्नैपर्दछ ।’
यस्तो छ संविधानमा ब्यवस्था
१. प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक हुनेछ ।
२. प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुनेछ ।
३. अपाङ्गता भएका र आर्थिक रूपले विपन्न नागरिकलाई कानुन बमोजिम निःशुल्क उच्च शिक्षा पाउने हक हुनेछ ।
बजेटमा एक निजी विद्यालयलाई एक सामुदायिक विद्यालय सुधारको जिम्मेवारी दिने घोषणा गरिएको छ । पराजुलीको प्रश्न छ– यो घोषणा हाम्रो संविधानले निर्देश गरेको कुरासँग कहाँ मेल खान्छ ? के राज्य शिक्षाको दायित्वबाट बाहिर जान खोजेको हो ? बजेटमा उल्लेख यो बुँदाको सन्देश राज्य शिक्षाको दायित्वबाट भाग्न खोजेको हो भन्ने नै हुन्छ ।
बजेटले मौलिक हकलाई स्थापित गर्न बढी जोड दिनु पर्दछ । सरकार शिक्षाको जिम्मेवारीबाट भाग्न खोजेको हो र ? केही निजी शैक्षिक संस्था संचालकहरुलाई कालो धनको व्यापार गर्ने बैधानिक लाइसेन्स दिने काम बजेट मार्फत् किमार्थ स्वीकार छैन । यो गर्नुहँुदैन, यो कम्युनिस्ट पार्टीको सरकार हो । समग्र बजेटको आकार घटे पनि शिक्षामा बजेट बढेको छ । शिक्षामा कुल बजेटको ११.६४ प्रतिशत छुट्याइएको छ । यसलाई केही सकारात्मक रुपमा लिन सकिएला तर अनेरास्ववियूले निरन्तर भन्दै आएको कुल बजेटको २० प्रतिशत कहिले पुग्ला ? नेता पराजुलीको प्रश्न छ ।
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
झापा । चाडपर्वका बेला जङ्गली हात्तीबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले हात्ती प्रभावित क्षेत्रमा...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend