Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • २० अर्ब ७६ करोडको निर्यात हुँदा एक खर्ब ३० अर्बको व्यापार घाटा


    बिहिबार, असोज ७ २०७८
    600
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । चालू आर्थिक वर्षको पहिलो महिनामा कुल वस्तु व्यापार घाटामा ७०.६ प्रतिशतले वृद्धि भई एक खर्ब २९ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ ।

    नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार कुल वस्तु व्यापार घाटामा आव ०७७/७८ को तुलनामा उल्लेख्य वृद्धि भएको हो ।

    सो आवमा त्यस्तो घाटा २२.२ प्रतिशतले घटेको थियो । चालू आवको पहिलो महिनामा कुल वस्तु निर्यात ११६ प्रतिशतले वृद्धि भई २० अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ८.९ प्रतिशतले वृद्धि भएको थियो ।

    केन्द्रीय बैंकका अनुसार गन्तव्यका आधारमा भारत, चीन तथा अन्य मुलुकतर्फ क्रमशः १६७ प्रतिशत, ४७.८ प्रतिशत र १७.५ प्रतिशतले निर्यात वृद्धि भएको छ । वस्तुगत आधारमा सोयाबिन तेल, पाम तेल, धागो (पोलिस्टर तथा अन्य), जुस, पिनालगायतका वस्तुको निर्यात बढेको छ । यस्तै अलैँची, आयुर्वेदिक औषधि, जडीबुटी, तार, तयारी छालाका समानलगायत वस्तुको निर्यात घटेको छ ।

    चालू आवको पहिलो महिनामा कुल वस्तु आयात ७५.७ प्रतिशतले वृद्धि भई एक खर्ब ५० अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १९.६ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ५८.७ प्रतिशत, ८७.६ प्रतिशत र १२०.८ प्रतिशतले वृद्धि भएको छ ।

    वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाबिन तेल, एमएस बिलेट, सुनलगायत वस्तुको आयात बढेको छ भने रासायनिक मल, सिमेन्ट, सुर्ती, हवाइजहाजका पार्टपुर्जा, तयारी पोसाकलगायत वस्तुको आयात घटेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार