Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रदेशवासीलाई स्वच्छ खानेपानी उपलब्ध गराउने मुख्यमन्त्री पोखरेलकाे प्रतिबद्धता


    बिहिबार, असोज ७ २०७८
    715
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशवासीलाई स्वच्छ खानेपानी उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

    तनहुँको म्याग्दे गाउँपालिका–३ स्थित कोइरालाथोक तिलाहारे खानेपानी तथा सरसफाइ आयोजनाको आज उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले खानेपानीको सुविधाबाट वञ्चित रहेका गाउँ बस्तीमा खानेपानी सुविधा पुर्याउने बताएका हुन् ।

    हालसम्म गण्डकी प्रदेशका ९४ प्रतिशत नागरिकले आधारभूत खानेपानी सुविधा प्राप्त गरिसकेको बताउँदै मुख्यमन्त्री पोखरेलले बाँकी रहेका घरधूरीमा पनि चाँडै खानेपानी पुग्ने बताए । “एक घर: एक धारा अभियानअन्तर्गत सरकारले हरेक जनताको घरधूरीमा खानेपानी सुविधा पुर्याउँछाैं”, उनले भने ।

    गण्डकी प्रदेशसभा सदस्य डोवाटे विक, सरिता गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, संविधानसभा सदस्य धु्रव वाग्ले, म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी राना लगायतले सो कार्यक्रममा मन्तव्य व्यक्त गरेका थिए ।

    खानेपानी आयोजनाका लागि प्रदेश सरकारले रु ४४ लाख, म्याग्दे गाउँपालिकाले रु २५ लाख लगानी गरेको छ भने स्थानीयवासीले रु ११ लाखको साझेदारी गरेका छन् ।

    डिप बोरिङ प्रणालीबाट १४६ घरधूरीका ८०० उपभोक्ता लाभान्वित भएका छन् । खानेपानी सुविधा नहुँदा पंधेरा र कुवाबाट पानी ल्याउन बाध्य यहाँका स्थानीयवासी घरघरमै पानी आएपछि खुशी भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार