Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बैतडीका मासु पसले मृत भेटिए, हत्याको आशंका


    बिहिबार, असोज ७ २०७८
    540
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बैतडी । बैतडीकाे सुर्नया गाउँपालिका–४ मा एक जना व्यक्ति मृत फेला परेका छन् ।

    बैतडी प्रहरी प्रमुख रमेशबहादुर पालले स्थानीय सन्सेरीमाण्डौं बजारमा मासु पसल सञ्चालन गर्दै आएका ४५ वर्षीय कमलसिंह महरा बिहीबार बिहान मृत भेटिएको जानकारी दिए ।

    स्थानीयले महराको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयले उनको हत्या भएको आशंका गरेका छन् । प्रहरी नायब उपरीक्षक पालले मृतकको टाउकोमा चोट लागेको देखिएको बताउँदै घटनास्थल शिल गरेर अनुसन्धान गरिरहेको जनाए ।

    घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाही नेतृत्वको टोली घटनास्थल पुगेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार