Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कपिलवस्तुमा एकैदिन २७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित सबै भारतबाट आएका


    शुक्रबार, जेष्ठ १६ २०७७
    690
    Shares
  • २ मिनेट पाठ
  • कपिलवस्तु, १६ जेठ । एकैदिनमा कपिलवस्तुमा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ र प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणबाट उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको हो ।

    जिल्ला स्वास्थ्य कार्यालयका अनुसार बिहीबार साँझ कोरोना संक्रमण पुष्टि हुनेहरू जिल्लाको विजयनगर गाउँपालिका, कपिलवस्तु नगरपालिका र महाराजगञ्ज नगरपालिकाका हुन् । जसअनुसार कपिलवस्तु नगरपालिकाका १७, विजयनगर गाउँपालिकाका ९ जना र महाराजगन्ज नगरपालिकाका एक जना छन्।

    कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाका अनुसार कपिलवस्तु वडा नं ८ का मात्रै १२ जनामा संक्रमण पुष्टि भएको हो । कपिलवस्तु नगरपालिका वडा नं .११ का ३ जना, वडा नं. १० र ७ का १र१ जना रहेका छन् । उनीहरू सबै १७ देखि ४० वर्ष उमेर समूहका पुरूष हुन् ।

    त्यसैगरी विजयनगर गाउँपालिकाको वडा नं। ७ का ६ जना, वडा नं ३ का २ जना र वडा नं ५ का एक जना रहेका छन् । कोरोना फोकल पर्सन थापाका अनुसार उनीहरू पनि २३ देखि ५२ वर्ष उमेरका सबै पुरूष रहेका छन् । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका वडा नंं. ७ का ३० वर्षका एक पुरूषमा पनि बिहीबार साँझ कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या १ सय ३६ पुगेको छ । बिहीबार संक्रमण पुष्टि हुने सबै जना भारतबाट आई क्वारेन्टिनमा बसेकाहरू रहेको थापाले जानकारी दिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार