Nepal Face
  • आइतबार, १० साउन २०८३
  • क्रिकेटर भण्डारी र सन्चारकर्मी अर्यालले गरे इन्गेजमेन्ट


    बिहिबार, असोज ७ २०७८
    475
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रिय क्रिकेट टिमका विकेट किपर ब्याट्सम्यान बिनोद भण्डारी र संचारकर्मी सोनिका अर्यालले इन्गेजमेन्ट गरेका छन्। 

    बुधबार काठमाडौँको सामाखुसीमा दुवैबीच टिकाटालो कार्यक्रम सम्पन्न भएको छ । दुवैले आगामी वर्ष लगनगाँठो कस्ने पारिवारिक स्रोतले बताएको छ। 

    भण्डारी र अर्यालबीच लामो समयदेखि प्रेम सम्बन्ध रहँदै चर्चा चल्दै आएको थियो। 

    हिमालय टेलिभिजनमा ५ वर्षअघि ‘क्रिकेट एण्ड मोर’ कार्यक्रम चलाउदा देखिनै दुई जनाबीच प्रेमसम्बन्धको चर्चा चलेको थियो । हाल सोनीका ग्यालेक्सी टेलिभिजनमा आवद्ध रहेकी छिन् ।

    सन् २००९ को एसीसी टि-ट्वान्टीमा नेपाली राष्ट्रिय क्रिकेट टिमको लागि डेब्यु गरेका बिनोद नेपाली टिमका नियमित विकेटकिपर ब्याट्सम्यान हुन् ।

    भण्डारीको गृहनगर महेन्द्रनगर हो। यस्तै गोरखा स्थायीनिवासी अर्याल खेल पत्रकार तथा समाचारवाचिकाको रुपमा काम गर्दै आएकी छिन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार