Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सरकारले दल विभाजन अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने, त्यसपछि मन्त्रिपरिषद् विस्तार


    बुधबार, असोज ६ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने भएको छ ।

    नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका अनुसार सरकारले राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न ल्याएको अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने भएकाे हाे ।

    बुधबार माओवादी केन्द्रको स्थायी समिति बैठकपछि पत्रकारसँग कुरा गर्दै महराले अध्यादेशको विषय भोलिसम्म टुंगिने बताएका छन् । कसरी टुंगिन्छ भन्ने पत्रकारको प्रश्नमा उनले भने ‘भोलि बस्ने संसद बैठकमा प्रतिस्थापन विधेयक आउँछ ।’

    दल विभाजन सम्बन्धी अध्यादेश प्रतिस्थापनपछि दुई दिनभित्र मन्त्रिपरिषद् विस्तार हुने महराले बताए ।

    सरकारले दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलका ४० प्रतिशत सदस्यको समर्थन आवश्यक पर्ने व्यवस्था अध्यादेशमार्फत संशोधन गरी केन्द्रीय समिति वा संसदीय दलको २० प्रतिशत भए पुग्ने बनाएको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार