काठमाडौँ, १६ जेठ । प्रहरी प्रधान कार्यालयले हालै मात्र प्रहरी नायब उपरीक्षक (डिएसपी)हरूको पदस्थापन तथा सरूवा गरेको छ।
गत सोमबार देखि लागू हुनेगरी कार्यालयले ६० जना डिएसपीहरूको पदस्थापन र ८४ जनाको सरूवा गरेको हो।
जिल्ला प्रहरी कार्यालय, गुल्मीमा डिएसपी केदारराज पन्तको पदस्थापन भएको छ। यसअघि उनी ईलाका प्रहरी कार्यालय चापको (र्क), स्याङ्जामा थिए।
डिएसपी पृथ्वीनारायण ओलीको पदस्थापन सुदुरपश्चिम प्रदेश दंगा नियन्त्रण प्रहरी गण महेन्द्रनगर, कञ्चनपुरमा गरिएको छ। यसअघि उनी अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतमा थिए।
जिल्ला प्रहरी कार्यालय चितवनमा डिएसपी सुर्य बहादुर थापा, मकवानुरमा ईन्द्र बहादुर राना, कैलालीमा प्रतिक विष्ट, झापामा राकेश थापा, बाँकेमा सुवास खड्का, कास्कीमा सुवास हमाल र कञ्चनपुरमा अमरबहादुर क्षेत्रीको पदस्थापन भएको हो।
त्यस्तै डिएसपी प्रमेश विष्टको पदस्थापन महानगरीय प्रहरी कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक स्वा केन्द्र, काठमाडौंमा भएको छ। यसअघि उनी प्रहरी प्रधान कार्यालय साईबर ब्युरोमा थिए।
त्यसैगरी सरूवा भएका ८४ जना डिएसपी मध्ये महानगरीय प्रहरी वृत्त महाराजगन्जका उमेश लम्सालको सरूवा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्युरो ईन्टिलिजेन्स महाशाखामा भएको छ।
महानगरीय प्रहरी वृत्त ठिमीमा ऋषिराम कंडेलको सरूवा भएको छ। यसअघि उनी प्रहरी प्रधान कार्यालय प्रशासन शाखा नक्सालमा थिए।
महानगरीय प्रहरी वृत्त कीर्तिपुरमा रहेका डिएसपी छेदीलाल कमातीको सरूवा संघीय प्रहरी ईकाई कार्यालय जनकपुरमा भएको छ।
महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी दक्ष बस्नेतको सरूवा भएको छ।