रोल्पा । रोल्पामा भीरबाट लडेर आएको ढुङ्गाले लागेर आमा–छोरीको ज्यान गएको छ ।
बाँदर लखेटेर घर फर्कदै गर्दा रोल्पा नगरपालिका–९ हाङबाङ बस्ने २५ वर्षीया संगीता पुन र उनकी २ वर्षीया छोरी कृतिका पुनको भीरबाट लडेर आएको ढुङ्गाले लागेर मृत्यु भएको हो ।
प्रहरीकाअनुसार घरबाट करिब १ सय ५० मिटर टाढा रहेको मकैबारीमा बाँदर लखेटेर फर्किदै गर्दा उनीहरुको मृत्यु भएको हो । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।