चौतारा । सिन्धुपाल्चोकबाट महाधिवेशन प्रतिनिधि हुँदै नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने योजनामा रहेका ह्याम्स अस्पतालका संचालक रामशरण भण्डारीलाई लिसंखुपाखरको वडामै पराजीत गरिदिएका छन् ।
गृहमन्त्री बालकृष्ण खाणलाई समेत प्रभावमा पारी भण्डारीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने योजना बनाएका थिए । तर केन्द्रमा गृहमन्त्री खाणलाई प्रभावमा पारे पनि वडामै उनलाई हराइदिएका छन् । वडाकै कांग्रेसले उनको हैसियत देखाइदिएका छन् ।
राजस्व अनुसन्धान विभागले ओम सर्जिकल कन्सर्न प्रालिका सञ्चालक र भन्सार प्रतिनिधिसमेत चार जनाविरुद्ध राजस्व चुहावटको अभियोगमा गएको बैशाखमा मुद्दा दर्ता गरेको थियो । विभागले १ करोड छ लाख ७२ हजार ९०९ रुपैयाँ विगो कायम गरी बिहीबार उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको हो ।
ओम सर्जिकलले दसौं करोड राजस्व छली गरेको भए पनि राजस्व अनुसन्धानका तत्कालीन महानिर्देशक दीर्घराज मैनालीसँग सेटिङ गरी कम बिगो दाबी गरी मुद्दा दर्ता गरेको थियो ।