Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चितवनमा गाडीको ठक्करबाट चितुवाको मृत्‍यु


    बुधबार, असोज ६ २०७८
    870
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •  चितवन । इच्छाकामना गाउँपालिका-४ लेवाटारमा गाडीको ठक्करबाट एक पोथी चितुवा मरेको छ ।

    मङ्गलबार दिउँसो अन्दाजी ३ बजे गाडीको ठक्करबाट करीब दुई महिनाको सो चितुवा मरेको डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालले जानकारी दिए । आफूहरुलाई प्रहरीले खबर गरेसँगै मृत चितुवालाई डिभिजन वन कार्यालयलमा ल्याइ व्यवस्थापन गरिएको बताए ।

    माउसँग बाटो काट्ने क्रममा गाडीले ठक्कर दिएको हुनसक्ने उनले जानकारी दिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार