Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रसुवा भन्सारका प्रमुख र ब्यापारीको सेटिङ, राजस्वद्वारा तस्करीका सामान बोकेका ट्रक नियन्त्रणमा 


    बुधबार, असोज ६ २०७८
    1.4K
    Shares
  • ५ मिनेट पाठ
  • काठमाडौं । रसुवा भन्सार कार्यालयबाट भन्सार छली गरी सामान आयात गर्ने क्रम बढेको छ । दशैंको सम्मुखमा ब्यापारी र भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीको सेटिङमा एउटा सामान ल्याउने र अर्कै घोषणा गरिएको पाइएको छ । यसरी बढी मूल्यको सामान ल्याएको भए पनि कम मूल्यको सामान ल्याएको भनी करोडौं राजस्व छली भएको सूचनापछि राजस्व अनुसन्धान विभागले निगरानी बढाएको थियो । निगरानीकै क्रममा भन्सार कार्यालयले गलत घोषणा गरेका केही ट्रक सामान राजस्व अनुसन्धान विभागले एक हप्ताअघि नागढुंगाबाट बरामद गरेको छ ।

    राजस्व अनुसन्धान बिभागलाई गलत घोषणा गरेको सूचनापछि सामान लोड भएको कन्टेनर बरामद गरिएको थियो । भन्सारले कन्टेनरमा ल्र्याको सामान ट्राउजर भनी घोषणा गरेको थियो । तर कन्टेनरमा महंगा पाइन्ट ल्याइएको पाइएको थियो । रसुवा भन्सारका प्रमुख रेग्मीले यसैगरी सेटिङमा गलत घोषणा गर्दै ब्यापारीबाट प्रतिट्रक दररेट अनुसार घुस असुली गर्ने गरेका थिए । राजस्वले कन्टेनर बरामद गर्ने क्रममा भन्सारले घोषणा गरेको सामान भन्दा फरक सामान पाइएपछि उनले तस्करसँग गरेको सेटिङ पर्दाफास भएको छ ।    

    रसुवा भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मी र ब्यापारीको सेटिङमा भन्सारछली तस्करी गरी लत्ताकपडादेखि विभिन्न किसिमका सामान आयात भइरहेको भए पनि राजस्वले फेलापार्न सकेको थिएन । तर पाइन्ट ल्याएर ट्राउजर ल्याएको भनी गलत घोषणा गरी बीसांै लाख राजस्व मार्ने काम भन्सार प्रमुख रेग्मीले गरेको विभागले कन्टेनर बरामद गरेपछि खुलासा भएको छ ।

     रसुवा भन्सारमा सरुवा हुनुअघि राजस्व अनुसन्धानमै कार्यरत भएकाले तस्करीको सामान विभागले सामान बरामद गर्न नसक्ने अनुमानका साथ रेग्मीले ब्यापारीसँग मिलेर गलत घोषणा गरेका थिए । महंगा ब्रान्डेड पाइन्ट ल्याएको भए पनि भन्सार प्रमुख रेग्मी र ब्यापारीको सेटिङमा सस्तो ट्राउजर ल्याएको घोषणा गरेको सूचनापछि राजस्वले ट्रक बरामद गरेको छ ।

       राजस्व अनुन्धान विभागका महानिर्देशक रामप्रसाद आचार्यले भने–‘एक साताअघि रसुवा भन्सार कार्यालयले गलत घोषणा गरेका सामान बरामद गरिएको छ, केहीमा कैफियत देखिएको छ, केहीमा देखिएको छैन । अनुसन्धान भइरहेको छ । थप बताउन मिल्दैन ।’ 

    भन्सारले गलत घोषणा गरेका र राजस्वले नियन्त्रणमा लिएका मालबाहक कन्टेनर कुन ब्यापारिक समूहका हुन् भन्ने कुरा राजस्व अनुसन्धान विभागका महानिर्देशक आचार्यले खुलाउन चाहेनन् । 

    को हुन् रामप्रसाद रेग्मी ?

    राजस्व समूहका उपसचिव रामप्रसाद रेग्मी दीर्घराज मैनाली राजस्व अनुसन्धान विभागको महानिर्देशक हुँदा उनका अति विश्वासिला निर्देशक थिए । 
    महानिर्देशक मैनालीले ठूला डिल रेग्मीबाटै गर्दैआएका थिए । ठूला ब्यापारीहरुसँग डिल गर्न नेपालमा होइन, मैनालीको दूतको रुपमा रेग्मी दिल्लीमा जाने गरेका थिए । मैनालीले ठूला डिल जति सबै विदेशमा गर्दैआएका थिए ।

    अख्तियारबाट २०७६ भदौ २८ मा कार्यकाल सकिएका प्रमुख आयुक्त नवीनकुमार घिमिरे र राजस्वका महानिर्देशक मैनालीको मिलेमतोमा ठूला ब्यापारीसँग ठूलै डिल गरी नयाँदिल्लीमा सेटिङ हुने गरेको थियो ।

    केदार पनेरु ३ बर्ष रसुवा भन्सारको प्रमुख हुँदा तत्कालीन अख्तियार प्रमुख आयुक्त लोकमानसिंह कार्की, आयुक्त दीप बस्नेत(पछि प्रमुख आयुक्त) तत्कालीन राजस्व अनुसन्धान विभागका महानिर्देशक निर्मलहरि अधिकारीको सेटिङमा तस्करी खुल्लम खुल्ला गरी अरबौं राजस्व मार्ने काम भएको थियो । 

    मैनालीका विश्वासपात्र रेग्मीले २०७६ चैतको लकडाउनअघिदेखि नै काँकडभिट्टा, विराटनगर, वीरगञ्ज, भैरहवा नाकामा सेटिङ गरी तस्करीको लाइन खोलेको आरोप लागेको थियो ।

    लकडाउनको मौकामा रातिराति एउटै प्रज्ञापनपत्रबाट दसौं ट्रक सामान आयात हुने गरेका थिए । राजस्वका तर्फबाट रेग्मीले नै त्यसको सेटिङ गरेका थिए ।  

    मैनालीले रेग्मीलाई गतबर्ष  भैरहवा भन्सार कार्यालयको प्रमुखमा सरुवा गर्न प्रधानमन्त्री केपी ओलीमार्फत् सचिव शिशिरकुमार ढुंगानालाई दबाब दिएका थिए । तर सचिव ढुंगानाले उनलाई भैरहवा सरुवा नगरी रसुवा गरेका थिए । भैरहवामा उनले आफ्ना निकट उपसचिव मणिराम पौडेललाई पठाएका थिए । रसुवा भन्सारमा सरुवा भएका रेग्मीका बिरुद्ध अख्तियारमा अकूत सम्पत्तिको उजुरी परेकोमा मैनालीले नै तत्कालीन प्रमुख आयुक्त नवीनकुमार घिमिरेलाई भनसुन गरी तामेलीमा राख्न लगाएको स्रोत बताउँछ ।

    मैनालीको ३ बर्षे कार्यकालमा राजस्वले ठूला कारोबारीसँग भारतको दरबंगादेखि दिल्लीहुँदै अस्ट्रेलियासम्म लेनदेन गरी उन्मुक्ति दिइएको र स सानालाई १ लाख बिगो गरेको छ भने १ करोड जरिवाना लगाएर मुद्दा दायर गरिएको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार