Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओलीविरुद्ध चुनावसम्मै मोर्चाबन्दी गर्ने माधव नेपालको प्रस्ताव


    बुधबार, असोज ६ २०७८
    910
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टीको पहिलो केन्द्रीय कमिटी बैठकमा १२ पृष्ठको संक्षिप्त राजनीतिक प्रतिवेदन पेश गरेका छन् । काठमाडौंमा मंगलबारदेखि शुरु भएको बैठकको पहिलो दिन उनले राजनीतिक प्रतिवेदन पेश गरेका हुन्।

    प्रतिवेदनमा नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति खरो टिप्पणी गरेका छन् । त्यस्तै अध्यक्ष नेपालले जारी गठबन्धनलाई चुनावसम्म लैजाने पनि जानकारी गराएका छन्।

    ‘अहिलेको हाम्रो एउटा महत्वपूर्ण राजनीतिक कार्यभार हाल कायम वाम लोकतान्त्रिक गठबन्धनलाई कम्तिमा पनि वर्तमान प्रतिनिधि सभाको पूर्ण कार्यकाल र आगामी निर्वाचनसम्म टिकाउनु र सहमति एवं सहकार्यको आधारमा सरकार सञ्चालन गरी आम जनतालाई सेवा प्रदान गर्नु हो,’ प्रतिवेदनमा भनिएको छ।

    ‘दुई पार्टीको सहमतिका आधारमा मुलुकको प्रधानमन्त्री बन्न पुगेका केपी ओलीको दक्षिणपन्थी चिन्तन, सत्ता लिप्सा र लोकतन्त्र विरोधी, स्वेच्छाचारी एवं सर्वसत्तावादी चरित्र र गफाडी, अहंकारी र दम्भी स्वभावले गर्दा कसैसँग मिल्न नसकी मुलुकको राजनीतिक स्थिरता नै खल्बलियो,’ ओलीप्रति टिप्पणी गर्दै प्रतिवेदनमा उल्लेख गरिएको छ।

    यस्तो छ पूर्णपाठ :


     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार