Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सशस्त्र प्रहरीमाथि ढुङ्गामुढा गर्ने भारतीय पक्राउ, कारबाही प्रक्रिया अघि बढाइयाे


    मंगलबार, असोज ५ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • धनगढी । कञ्चनपुरमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने भारतीय तस्करको समूहका एक जना पक्राउ परेका छन् । 

     सोमबार साँझ दोधाराचाँदनी नगरपालिका–८ को कञ्जभोज नजिकै नेपाल–भारत सीमा क्षेत्रमा गस्तीमा खटिएका सशस्त्र प्रहरीको टोलीमाथि आक्रमण गर्ने अर्जुन कुमारलाई भारतीय प्रहरीले पक्राउ गरेको स्थानीय प्रशासनले जनाएको छ । 

    कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेका अनुसार कुमारलाई पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाएको बढाइएकाे छ ।

    गस्तीमा खटिएका बेला भारतीय तस्करको समूहले ढुङ्गामुढा गर्दा सशस्त्र प्रहरीका तीन जवान घाइते भएका थिए । घाइते बीओपी दोधाराचाँदनीमा कार्यरत  सुदीप सुनारसहितका उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार