Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भारतले खोप निर्यातमा लगाएको रोक हटायो, नेपालले खरिद गरेको १० लाख डोज कोभिसिल्ड आउने


    मंगलबार, असोज ५ २०७८
    825
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । भारतले खोप निर्यातमा लगाइएको प्रतिबन्ध दश दिनपछि अर्थात् अक्टोबरदेखि हटाउने भएकाे छ ।

    सोमबार दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा भारतीय स्वास्थ्यमन्त्री मनसुख माण्डवीयले विदेशमा खोप निर्यात हुने जनाएका हुन् । 

    भारतको निर्णयसँगै नेपालले खरिद गरेको र ल्याउन बाँकी रहेको १० लाख डोज कोभिसिल्ड खोप अक्टोबरमा आउने सुनिश्चित भएको छ । 

    भारतमा रहेको सेरम इन्स्टिच्युट (अक्सफोर्ड एस्ट्राजेनेकाको उत्पादक कम्पनी)सँग नेपालले खरिद गरेको २० लाखमध्ये १० लाख डोज खोप आउन बाँकी छ । विश्वकै ठूलो खोप उत्पादक मुलुक भारतले गत अप्रिलमा विदेशमा खोप निर्यातमा रोक लगाएको थियो ।

    नेपालले उक्त मात्राको खोपका लागि उत्पादक कम्पनी सिरम इन्स्टिच्युटलाई भुक्तानी पनि गरिसकेको छ ।

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार