Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?


    मंगलबार, असोज ५ २०७८
    585
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । सोमबार तोलामा २ सय रुपैयाले घटेको सुनको मूल्य आज तोलामा ३ सय रुपैयाले बढेको हो ।   
     
    सोमबार प्रतितोला ८८ हजार ९ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज बढेर तोलाको ८९ हजार २ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

    त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ८८ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य बढेको छ । आज चाँदीको मूल्य तोलामा ५ रुपैयाले बढेर तोलाको ११ सय ४० रुपैयामा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदीको मूल्य तोलामा ३० रुपैयाले घटेको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार