Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बार्सिलोनामा मेस्सीको अभाव खड्किदै, विपक्षीसँग बराबरी गर्न पनि हम्मेहम्मे


    मंगलबार, असोज ५ २०७८
    685
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । लियोनल मेस्सीले छाडेपछि खराब लयबाट गुज्रिरहेको बार्सिलोना घरेलु मैदानमै नतिजा निकाल्न संघर्षरत देखिन थालेको छ ।

    सोमबार राति भएको खेलमा पनि अन्तिम मिनेटमा गोल गर्दै बार्सिलोना हारबाट जोगिएको हो ।

    घरेलु मैदानमा हारतर्फ उन्मुख बार्सिलोनाले खेलको अन्तिम मिनेटमा गोल गर्दै ग्रानाडासंग १–१ गोलको बराबरी खेल्यो ।

    खेलको अन्तिम मिनेटमा बार्सिलोनाका लागि रोनाल्ड अरौजो बराबरी गोल फर्काएका थिए ।

    खेलमा अग्रता पाहुना टोली ग्रानाडाले खेलको दोस्रो मिनेटमै कौटिन्हो मेनेसेस डुआर्टेको गोलबाट लिएको थियो ।

    बराबरीसँगै बार्सिलोना तालिकामा सातौं स्थानमा छ । पराजित ग्रानाडा तीन अंकसहित तालिकाको १७ औं स्थानमा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार