Nepal Face
  • आइतबार, १० साउन २०८३
  • केपी ओली र माधव नेपाल समर्थक कर्मचारीबीच कार्यालय कब्जा गर्ने होडबाजी, प्रहरी तैनाथ


    सोमबार, असोज ४ २०७८
    910
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनका दुई घटकबीच बबरमहलमा रहेको केन्द्रीय कार्यालय कब्जा गर्ने होडबाजी चलेको छ । संगठनको शनिबार सम्पन्न संगठनको बहुमत केन्द्रीय सदस्यको बैठकले अध्यक्ष केदारप्रसाद देवकोटासहित ९ जनालाई पदमुक्त गर्दै रेवन्त गौतमलाई अध्यक्ष चयन गरेको थियो । गौतम नेतृत्वमा संगठनको कार्यसमितिका पदाधिकारीहरु कार्यालयमा जाने क्रममा दुवैबीच विवाद भएको छ । संगठनका दुई घटकबीच विवाद भएपछि प्रहरीले कार्यालयमा सुरक्षा दिइरहेको छ । प्रहरीले दुई थरी कर्मचारीबीच झडप हुनबाट रोकेको छ ।

     गौतम नेतृत्वको संगठन नै आधिकारिक भएकाले केन्द्रीय कार्यालय पनि स्वभाविक रुपमा आफूहरुकै हुने दाबी महासचिव गुरुङले गरेका छन् । संगठनबाट कारबाहीमा परेका देवकोटाहरुले संगठन कब्जा गर्न खोजेपछि आफूहरुले प्रतिवाद गरेको उनले बताएका छन् । संगठनको बहुमत हामीसँग छ, हामीले हटाइकेकाहरुले संगठन कब्जा गरेको छ । हामी हाम्रो कार्यालयमा किन जान नपाउने भन्दै गौतम नेतृत्वका कर्मचारीहरु कार्यालय बाहिर धर्ना दिइरहेका छन् । देवकोटाहरु अवैधानिक हुन्, उनीहरुलाई निकाल भन्दै गौतम समर्थक कर्मचारीहरु बिरोध गरिरहेका छन् ।

    बबरमहलमा रहेको संगठनको केन्द्रीय कार्यालय आफूहरुको प्रयासमा बनेको महासचिव गुरुङले बताए । उनले भने–हामीले तिरेको लेबीले बनेको कार्यालयमा हामीलाई रोक्न खोज्नु दुर्भाग्यपूर्ण हो ।

    यसअघि माओवादीको प्रचण्ड समूह र बैद्य बिप्लव समूह अलग हुँदा राष्ट्रिय कर्मचारी संगठनको भृकुटीमण्डपमा रहेको कार्यालयमा यस्तै झडप भएको थियो । झडपपछि उक्त कार्यालय समाज कल्याण परिषदले ताला लगाई दुवै संगठनलाई त्यहाँ कार्यालय राख्न निषेध गरेको थियो ।

    निजामती कर्मचारी संगठनको भवन पनि सरकारी जग्गामा भएकाले सरकारले दुवै संगठनलाई उक्त भवन नदिन सक्ने संभावना छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार