काठमाडौँ । गाँजालाई वैधानिकता दिन माग गर्दै सोमबार काठमाडौंस्थित माइतीघर परिसरमा प्रदर्शन भएको छ ।
गाँजा प्रतिबन्धको फुकुवाको अभियान चलाइरहेका युवाहरुको एक समूहले प्रदर्शन गरेको हो ।
गाँजालाई वैधानिकता प्रदान गरी देशको अर्थतन्त्र उकास्न सरकारसँग माग गर्दै प्रदर्शनकारीहरूले ‘गाँजावादी एक हौँ’, ‘देश गाँजा खानेले होइन, नखानेले बिगारेको हो’ लगायतका नारा लगाएका थिए ।
गाँजामाथिको प्रतिबन्ध खुलाउन नेपाललगायत अन्तर्राष्ट्रियस्तरमा लबिङ गरिरहेका राजीव काफ्लेलाई दुई साताअघि प्रहरीले गाँजा सेवन र बिक्रीको आरोपमा पक्राउ गरेपछि उनका समर्थकहरूले प्रदर्शन गरेका हुन् ।