Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अकस परमाणु सम्झौताः उत्तर कोरियाकाे पनि विरोध, कारवाहीमा उत्रिने चेतावनी


    सोमबार, असोज ४ २०७८
    675
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेनसी ।  अस्ट्रेलियालाई आणविक उर्जाबाट चल्ने पनडुब्बी निर्माणमा प्राविधिक सहयोग गर्ने अमेरिकी निर्णयको उत्तर कोरियाले बिरोध गरेको छ । सो निर्णयलाई उत्तरले ‘घातक र खतरनाक’ भनेको छ ।

    यसै साता अस्ट्रेलियालाई आणविक पनडुब्बी निर्माणका लागि प्राविधिक सहयोग गर्ने विषयमा अमेरिका, वेलायत र अस्ट्रेलियाबीच एतिहासिक सम्झौता भएको थियो । अकस नाम दिइएको सो सम्झौताको मुख्य उदेश्य दक्षिण चीन सागरमा चीनको प्रभाव न्युन गर्न हो । चीनले यसअघि नै सम्झौताको निन्दा गरिसकेको छ ।  

    उत्तर कोरियाको विदेशमन्त्रालयका एक वरिष्ठ अधिकारीले त्रिदेशीय सम्झौताको चर्को बिरोध गरेको त्यहाँका सरकारी सञ्चार माध्यमहरुले जनाएका छन् । सम्झौताले एशिया प्यासिफिक क्षेत्रमा रणनीतिक सन्तुलन बिगार्ने र सैन्य होड बढ्ने उनको भनाई छ । 

    सम्झौताका कारण देशको सुरक्षा अवस्था जोखिममा परेको र आवश्यक परे उत्तर कोरिया प्रतिकारमा उत्रने ती अधिकारीले चेतावनी दिएका छन् । 

    त्रिदेशीय सम्झौताप्रति फ्रान्स आक्रोशित छ । आफूसँग भएको सम्झौता तोडेर अस्ट्रेलियाले अर्को सम्झौता गरेको भन्दै उसले अमेरिका र अस्ट्रेलियाबाट आफ्ना दूत फिर्ता गरेको छ । सम्झौताअनुसार अस्ट्रेलियालाई कम्तिमा आठ ओटा आणविक पनडुब्बीका लागि अमेरिकाले प्राविधिक सहयोग गर्नेछ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार