Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मेयरमाथि पहिरो पीडितद्वारा मुक्का प्रहार (भिडियाेसहित)


    सोमबार, असोज ४ २०७८
    805
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बुटवल । पहिराे अवलाेकनका लागि गएका बुटवलका मेयर शिबराज सुबेदीमाथि हातपात भएको छ । 

    सोमबार पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न गएका मेयर सुवेदीमाथि पहिरो पीडितले मुक्का प्रहार गर्दै हातपात गरेका हुन् । तर प्रहरी र नगर प्रहरीले मेयरलाई जोगाएका थिए ।

    गत भदौ १३ र १४ गते अविरल वर्षासँगै खसेको पहिरोले ज्योतिनगरका १० घर पुरिएका थिए भने ५० बढी घर उच्च जोखिममा परेका थिए ।

    यस्तै, पहिरोले बुटवलको गोलपार्कदेखि लक्ष्मीनगर जाने सडकमा क्षति पुर्‍याउनुका साथै त्यहाँ रहेको बिजुलीको पोल पनि बगाएको थियो । 

    पहिरोले विस्थापित भएको लामो समयसम्म पनि आफूहरुलाई कुनै उचित व्यवस्थापन नगरेकाले आक्रोशित भएर हातपात गरेको स्थानीयले बताएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी मदन कुवँरले बताए ।

    भिडियाे हेर्नुहाेस् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार