Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?


    सोमबार, असोज ४ २०७८
    530
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आइतबार स्थिर रहेको सुनको मूल्य आज तोलामा २ सय रुपैयाले घटेको हो ।

    आइतबार प्रतितोला ८९ हजार १ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज घटेर तोलाको ८८ हजार ९ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

    त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ८८ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मूल्य तोलामा १५ रुपैयाले घटेर तोलाको ११ सय ३५ रुपैयामा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदीको मूल्य तोलामा ३० रुपैयाले घटेको थियो । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार