Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संखुवासभा हत्याकाण्डमा नयाँ ट्वीस्ट: लोकबहादुरका काकाकाे याेजनामा हत्या भएकाे खुलासा


    सोमबार, असोज ४ २०७८
    805
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • संखुवासभा । गत भदौ २८ गते मादी नगरपालिका–१ को खोलागाउँमा भएको ६ जनाको सामूहिक हत्या घटना रहस्यमय बन्दै गएको छ ।

    हत्यामा संलग्न भएको आरोपमा  भदौ २६ मा प्रहरीले २५ वर्षीय लोकबहादुर कार्कीलाई पक्राउ गरेको थियो । तर नुसन्धानबाट अरुको पनि संलग्नता खुलेपछि प्रहरीले थप ४ जनालाई पक्रेर सोमबार सार्वजनिक गरेको छ । 

    पक्राउ पर्नेमा ४७ वर्षीय खड्ग बहादुर कार्की, उनका छोरा २८ वर्षीय हस्त बहादुर कार्की, ४९ वर्षीय रण बहादुर कार्की र १७ वर्षीय नरेश कार्की छन् ।

    अनुसन्धानमा संलग्न प्रहरी उपरीक्षक (एसपी) भीम दाहालका अनुसार लोकबहादुर सहित ५ जना मिलेर योजनाबद्ध रुपमा हत्या गरेको अनुसन्धानबाटखुलेको छ ।

    लोकबहादुरका काका खड्ग बहादुर हत्याको मुख्य योजनाकार रहेको दावी प्रहरीले गरेको छ । भदौ २१ मा उम्लिङका ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।

    हत्याको अघिल्लो साँझ ८ बजे लोकबहादुरको घरमा बसेर खड्गबहादुर सहित चार जना मिलेर योजना बनाएका थिए । ‘भदौ २१ मा खेताला बोलाउन घरमा तेजबहादुर आएको मौकामा हत्या गर्ने संगठित योजना देखिन्छ’ जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज सुवेदीले भने, ‘पाँच जना मिलेर कसैले चिपर्ट र कसैले छुरीले हानेर सामुहिक हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।

    ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीलाई लोक बहादुर र उनका काकाका छोरा हस्तबहादुरले मुख थुनेर चिर्पटले हानेर हत्या गरेका थिए । 

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार