काठमाडौं । सरकारले कोभिड-१९का कारण रोजगारी गुमाएका ट्रेकिङ गाइडहरुका लागि सहुलियतपूर्ण ऋण प्रदान गर्ने भएको छ ।
गत आइतबार नेपाल पर्यटन बोर्डले एक सूचना सार्वजनिक गर्दै रोजगारी गुमाएका ट्रेकिङ गाइडहरुका लागि सहुलियतपूर्ण ऋण प्रदान गर्ने जनाएको छ। जस अन्तर्गत ऋण लिन इच्छुक गाइडहरुले trade.welcomenepal.com मा राखिएको लिंकमा फर्म भर्न सक्नेछन्।
पत्रयात्रा तथा पर्वतीय पर्यटन श्रमिक कल्याणकारी खाता सञ्चालन, व्यवस्थापन तथा ऋण परिचालन समितिको सचिवालय नेपाल पर्यटन बोर्डले गाइडहरुले ऋण लिनुपूर्व पुरा गर्नुपर्ने शर्तहरु तोकेको छ ।
शर्तहरु यसप्रकार रहेका छन् :
- ट्रेकिङ गाइड लाइसेन्स लिएको हुनुपर्ने
- कोभिड १९ महामारीपूर्व कम्तीमा ३ वर्ष ट्रेकिङ कम्पनीमा कायर्रत रहेको हुनुपर्ने
- गाइडले संचालन गर्ने व्यसायको परियोजना प्रस्ताव पेश गर्नुपर्ने

आवेदनका लागि ७ दिनको समय तोकिएको छ। सरकारको यस कदमले केही हदसम्म ट्रेकिङ गाइडहरुका लागि मलम बन्न सक्ने देखिन्छ।