एजेन्सी। इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले वेस्ट ह्यामविरुद्ध रोमान्चक जित निकालेको छ।
आइतबार साँझ सम्पन्न खेलमा युनाइटेडले वेस्ट ह्यामलाई २–१ गोलले हराउँदै रोमांचा जित निकालेको हो।
युनाइटेडको जितमा क्रिस्टियानो रोनाल्डो र जेस्से लिङ्गार्डले गोल भने वेस्ट ह्यामका लागि सइड बेन्रह्माले एक गोल गरेका थिए । खेलमा शुरुवाती अग्रता बनाएको वेस्ट ह्यामले त्यसलाई निरन्तरता दिन सकेन र हार बेहोर्यो।
प्रतिस्पर्धात्कम खेलको ३० औं मिनेटमा बेन्रह्माले गोल गर्दै वेस्ट ह्यामलाई अगाडि बढाएका थिए। तर ३५ औै मिनेटमा क्रिस्टियानो रोनाल्डोले बराबरी गोल फर्काए। खेलको पहिलो हाफ एक–एक गोलको बराबरीमा सकियो।
दोस्रो हाफको अन्तिम समयमा खेल बराबरीतर्फ धकेलिएको थियो। तर लिङ्गार्डले ८९ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई जिताए। खेलको इन्जुरी समयमा वेस्ट ह्यामले पेनाल्टीमा गोल गर्न सकेन । उसका मार्क नोबलेको पेनाल्टी प्रहार युनाईटेडका गोलकिपर डेभिड डी जियाले बचाए ।
जितसँगै युनाइटेड तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । वेस्ट ह्याम ८ औं स्थानमा छ।