Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कालोसूचीमा परेका ठेकेदारलाई पनि प्रबल जनसेवा श्री तक्मा


    आइतबार, असोज ३ २०७८
    780
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । आइतबार संविधान दिवसको अवसर पारेर सरकारले प्रदान गरेको विभूषणकाे सूचिमा कालोसूचीमा रहेका ठेकेदार हुमनाथ कोइराला समेत समेटिएका छन् ।

    मल नल्याएको आरोप लागेका ठेकेदार तथा होनीको मल्टिपल प्रालिका सञ्चालक हुमनाथ कोइरालाले प्रबल जनसेवा श्री विभूषण दिइएकाे छ । 

    कालोसूचीमा परेको छ महिना पुग्दैगर्दा होनीकोका सञ्चालक कोइराला पनि विभूषणमा परेका हुन् । 

    सञ्चालक कोइराला रहेको होनीको मल्टिपलले समयमै मल नल्याएपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले सन् २०२१ मार्च ६ देखि २०२२ मार्च ५ तरिखसम्म ठेक्कामा सहभागी हुन नपाउने गरी कालोसूचीमा राखेको छ । 

    होनीकोले पनि २५ हजार मेट्रिक टन मल आयातको ठेक्का पाएको थियो । मल नल्याएपछि तत्कालीन कृषि मन्त्री घनश्याम भुसालले धरौटी जफतको निर्णय गरेका थिए । 

    देश र जनताका लागि योगदान दिने व्यक्तिहरूको सम्मानार्थ हरेक साल संविधान दिवसको अवसर पारेर सरकारले पुरस्कार दिने गर्छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार