Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • अमेरिका, युके र अस्ट्रेलियाबीचको सम्झौताप्रति फ्रान्सको आपत्ति, राजदूतलाई फिर्ता बोलाउने निर्णय


    आइतबार, असोज ३ २०७८
    955
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी। अमेरिका, बेलायत (युके) र अस्ट्रेलियाबीच भएको परमाणु पनडुब्बी सम्झौताको फ्रान्सले आलोचना गरेको छ । आफ्नो देशसँग भएको सम्झौतालाई तोडेर तीन देशले नयाँ सम्झौता गरेकोमा आपत्ति जनाउँदै फ्रान्सले अस्ट्रेलिया र अमेरिकामा रहेका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

    यसअघि परमाणु पनडुब्बी निर्माणको लागि फ्रान्सले अस्ट्रेलियासँग सम्झौता गरेको थियो ।

    गत बुधवार अस्ट्रेलियाले फ्रान्ससँगको सम्झौता तोडेर अमेरिका र बेलायतसँग नयाँ सम्झौता गरेपछि तीन देशबीच भएको सम्झौताले आफ्नो देशको अपमान भएको र अर्बौं डलरको सम्झौता तोडिएको भन्दै अस्ट्रेलिया र अमेरिकाका राजदूत फिर्ता बोलाइएको फ्रान्सका विदेशमन्त्री जिन इभसले द्रियानले बताएका छन्  ।

    तीन देशबीचको यो सम्झौतालाई फ्रान्सले अस्वीकार गर्दै युरोपमा रहेको इन्डो प्यासिफिक क्षेत्रको महत्वलाई कमजोर पार्ने षड्यन्त्रका रुपमा लिएको प्रतिक्रिया दिएको छ । राजदूत फिर्ता बोलाउने फ्रान्सको निर्णयलाई लिएर अमेरिकी राष्ट्रपति जो बाइडेनले दुःख ब्यक्त गर्दै फ्रान्सको यो कदमले मतभेद झनै बढाउने बताए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार