Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • कोरोना कारण बन्द रहेको पोखराको गुप्तेश्वर महादेव गुफा खुल्ला


    शनिबार, असोज २ २०७८
    1.8K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • गण्डकी । पहिलो पटक बारकोड टिकटको प्रयोग गर्दै पोखरा महानगरपालिका–१७ डेभिज फलस्थित प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्य गुप्तेश्वर महादेव गुफा पर्यटकका लागि खुल्ला गरिएको छ ।

    कोरोना कहरसँगै बन्द गरिएका धार्मिक पर्यटकीय गन्तव्य यही हिजो असोज १ गतेदेखि स्वास्थ्य मापदण्डसहित खुल्ला गरिने सरकारको निर्णयअनुसार हिजो (शुक्रबार )देखि खुल्ला गरिएको गुफामा रु १५ लाखको लागतमा अत्याधुनिक बारकोड स्क्यानर गेट राखिएको छ । टिकटमा भएको बारकोड स्क्यान गरेपछि मात्र गेट खुल्ने भएकाले गुफामा दैनिक कति पर्यटक आए भन्ने विवरण लिन पनि सहज हुने भएको प्रचारप्रसार उपसमितिका सदस्य कृष्ण रानाभाटले जानकारी दिएका छन् ।

     विसं २०७८ को सुरुआतमा नै ल्याउने तयारी गरिएको बारकोड स्क्यानर गेट बन्दाबन्दीका कारण सामान नआएकाले अहिले मात्र सञ्चालनमा ल्याइएको कार्यालय प्रमुख नारायण पौडेलले जानकारी दिए । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार